९ पौष भकुण्डे,
गाविस सचिव एवंम अध्यक्ष रिता राना पुनको अध्यक्षता र स्वास्थ्य
इन्चार्ज उमेश शर्भुजाको संचालन, राजनैतिक दलका प्रतिनिधिहरू, लक्षित
वर्गका प्रतिनिधिहरू, सघं सस्थाका प्रतिनिधि, युवा एवम समाज सेवि,
बुद्धिजिविको उपस्थितिमा २१ औं गाउँ परिषद भकुण्डेमा समापन भएको छ ।
त्यसमा पहिलो दिन समिक्षा एवंम छलफल भएको थियो भने दोस्रो दिन आर्थिक
वर्ष २०७०।७१ को प्रस्तावित वजेत माथि छलफल भएको छ । त्यसमा सम्पूर्ण
पार्टि प्रतिनिधिहरू, लक्षित वर्गका प्रतिनिधि, संघ सस्थाका
प्रतिनिधि, युवा, समाज सेवि तथा बुद्धिजिविहरूले आआफ्नो राय
राख्नुभएको थियो ।
आर्थिक वर्ष २०६९।७०को कुल वजेट १५,३९,३६८.५०। अर्न्तगत लक्षित
वर्ग महिला १,५३,९३६.७०।, बालबालिका १,५३,९३६.७०।, कृषि २,३०,९०४।,
जनजाति ९१०००।, बृद्धा २८,९०४।, अपाङ्ग २८,०००।, विपन्न २८,०००।, दलित
५५,०००। र विकास खर्च अर्न्तगत भ्यू टावर २,१०,०००।, बर्खे पानि
१,००,०००।, सडक मर्मट १,००,०००।, पर्खाल भैरव उच्च मा.वि १,००,०००।,
स्वास्थ्य चौकी २,००,०००।, खेलकुद ५०,०००।, युवा संजाल १५,०००।,
भकुण्डे डट कम डट एनपी ८,०००।, गाविस मर्मत ५०,०००। प्रस्तावित
कार्यक्रम पारित गरिएको छ भने । आगामि २०७०।७१ को प्रस्ताविक वजेत
विकास खर्च अर्न्तगत मटर बाटो ५,००,०००।, शौचालय ३८,९००।, भ्यूटावर
१,००,०००।, गोरेटो वाटो ५०,०००।, खेलकुद ३५,०००।, युवा संजाल १५,०००।,
खेलकुद मैदान २०,०००, भकुण्डे डट कम डट एनपी १०,०००।, र लक्षित वर्ग
महिला १,५३,९३६.७०।, बालबालिका १,५३,९३६.७०।, कृषि २,३०,९०४।, जनजाति,
बृद्धा, अपाङ्ग, विपन्न, दलित २,३०,९०४। विनियोजित गरिएको गाविस सचिव
एवंम अध्यक्ष रिता राना पुनले भकुण्डे डट कम डट एनपी लार्इ जानकारी
दिनुभयो ।
Date: 12/24/2012 6:48:22 पूर्वाह्न :
: Yam Thapa