समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुण्डेका होमस्टेमा पाहुना बढ्दै

Bhakundehomestay

भकुण्डे, बागलुङ बजारका होटलमा बसेर गरिने गोष्ठी र बैठकलार्इ बागलुङ नगरपालिकाले भकुण्डेका होमस्टेमा गराउदा सवै घरघरमा पाहुनाको धुर्इचो लाग्यो। चार दिनसम्म नगरपालिकाले राखेको कार्यक्रम जस्तै विभिन्न संघसरूथाले पनि गाउमा पुगेर आफ्ना कार्यक्रम गर्न र होमस्टेमा बसाल्ने योजना अगाडि सारेका छन्।

भकुण्डेमा पाच बर्षदेखि स्थानीयले होमस्टे सञ्चालन गर्दै आएका छन। स्थानीय तहले आफ्ना कार्यक्रम गाउमा गराउन चासो दिनको सकारात्मक प्रभाव होमस्टेमा परेको छ। स्थानीय स्रोतसाधन तथा खानामा आर्कषित गर्न थालिएकाले नगरपालिकाले पनि साथ दिएको नगर प्रमुख जनराज पौडेलले बताए। "हाम्रा होमस्टेलार्इ हामीले नै प्रवर्द्धन कार्यक्रम लग्दा अरूको पनि ध्यान पुग्छ" उनले भने।

गाउको पर्यटन विकासका लागि थालेको अभियान पछि आन्तरिकसंगै विदेशी पाहुना पनि भकुण्डे आउन थालेको व्यवसायी इन्दा थापाले बताइन। "हामीसंग एक बासमा ५० जनालार्इ बसाउन सकिने क्षमता छ" उनले भनिन "विस्तारै आउनेको संख्या बढन थालेपछि अलि धेरै जनालार्इ सजिलोसंग् खाना र बास दिन अरू घरमा पनि थप्ने सल्लाह भइरहेको छ।" गाउ छाडेर अवसर र रोजगारीको खोजीमा सहर झरेकाहरूलार्इ होमस्टे चलाए पुरानै थलोमा पनि व्यवसायिक बन्न सकिने अगुवाहरूले बुझाउन थालेका छन।

भकुण्डेको हालको समस्या खानेपानीको छ। पर्याप्त खानेपानी नभएको स्थानीय होसस्टे चलाउन गाह्रो भइरहेको बताउंछन। नगरपालिकाले यसपटक खानेपानी योजना ल्याएर सधानउने जनाएपछि गाउले आशावदी भएका छन। "गाउमै रोजगारी बढाउने योजनालार्इ खानेपानीकै कारण असर नपरोस भनेर योजनाको छनोट भइरहेको छ" नगर प्रमुख पोडेलले भने, "स्रोत खोजेर पानी संकलनका केही ट्यांकी बनाउने र पानी वितरण गर्नेगरी काम गर्छौ।" मगर संस्कृतिमा आधारीत गीत, संगीत र नृत्यहरू देखाउने, स्थानीय स्तरमा उत्पादित अन्न र तरकारी खानामा खुवाउने भएकाले विदाका दिन सदरमुकामका कार्यालयका कर्मचारी र स्थानीयसमेत भकुण्डे जान रूचाउछन।

यहा बागलुङ, पर्वत र म्यदगीको सदरमुकाम देखिनेगरी भ्यूटावर पनि निर्माण गरिएको छ। भकुण्डेबाट १२ हिमश्रृंखलासमेत देख्न पाइनृ भएककाले होमस्टेमा गएकाहरू भ्यूटावर पनि पुग्ने गर्छन। यहाका ४० घरमा होमस्टे बनाउन सकिने पूर्वाधार छ। सबै धरमा होमस्टे बनाइयो भने कम्तीमा दुर्इ सय जनालार्इ सजिलै राख्न सकिन्छ स्थानीय याम बहादुर थापाले भने, सम्भव भएका घरधनीलार्इ तालिममा पठाएर व्यवसायमा आर्कषित गर्न खोजेका छौ।

होमस्टे सञ्चालन गरिरहैकामध्ये केहीले पर्यटन बोर्डबाट तालिम पनि पाएका छन। खाजन पकाउने, सरसफाइ र पाहुना स्वागतका लागि उनीहरूले तालिमपछि पाएको प्रमाणपत्र र घर घरमा होमस्टेको बोर्ड बनाएर राखिएको छ। होमस्टेसंगै यहाका ९ घरमा भने छुट्टै पाहुना कोठा पनि निर्माण गरिएका न। थापासहित प्रेम बहादुर थापा र अप्सरा थापालगाएतले अझै लगानी बढाउने योजना बनाएको बताए।

धौलागिरिका विभिन्न जिल्लाका, देशभरबाट भ्रमणमा आउनेसंगै जापानिज र कोरियाली पर्यटक पनि भकुण्डे पुग्न थालेका छन। काठमाडौका विभिन्न ट्राभल्स एजेन्सी र कलेजको विद्यार्थीको भ्रमणमा पनि भकुण्डे रोजाइमा पर्न थालेको होटल संघका अध्यक्ष निलेश राजभण्डारीले बताए। "मेरै होटलमा आएर बसेका धेरै विद्यार्थी दुर्इदेखि पांच दिनसम्मको प्याकेज बनाएर भकुण्डेमा जान थालेका छन," बागलुङ बजारमा होटल सञ्चालन प्रवर्ध्दनका लागि संघ र जेसिसले पनि प्रवर्ध्दनात्मक काम गरेको छ। होटल रेस्टुरेन्टको तुलनात्मक फरक स्वाद र बास रूचाउनेले होमस्टे रोक्ने गरेको बताए।

समुद्र सतहबाट २२ सय मिटरको उचाइमा अवस्थित भकुण्डे गांउमा बाह्रैमास शीतल मौसम रहन्छ। होमस्टेमा पर्यटक आकर्षित गर्न स्थानीयको बगलुङ बजारदेखि तित्याङ हुंदै भकुण्डे पुग्न दैदल मार्ग बनउने योजना छ। जिप चढेर गइरहेका पर्यटकले पनि आकर्षक पदमर्ग भएमा अझै धेरै पाहुना आउन सक्ने सुझाप दिने गरेका छन। 

Date: 5/29/2018 5:35:59 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

शिक्षा
भैरव उच्च मा. वि.  नाम - भैरव उच्च मा. वि.  अवस्थित - बा.न.पा १० भकुण्डे स्थापना - २०११ संचालित कक्षा  - १-१२ जम्मा विद्यार्थी - ४२२ जम्मा शिक्षक - २० भवन - more..

भकुन्डे VDC
Bhakunde Mahotsav