कला/साहित्य

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

दक्ष जनशक्तिका लागि अध्ययनशील वातावरण

Yam -Bahadur -Thapa

सन्दर्भः पुस्तक दान-२०७४
याम बहादुर थापा
समाजको अन्र्तक्रियात्मक सम्बन्धलाई समृद्ध बनाउनको लागि प्राय सबै पूर्वाधारहरुको आवश्यकता पर्दछ  । भौतिक, सामाजिक, सांस्कृतिक,राजनैतिक संस्कार, शैक्षिक वातावरण पक्षमा समान हिसाबले विकासमा टेवा पुरयाएको खण्डमा पक्कै पनि समाजको अग्रगति दिन दुगुना र रातमा चौगुना हुने विषयमा विश्वस्त हुन सकिन्छ  । समाजमा सुसंस्कृती र सुसमाचारको वातावरण निर्माण गर्नमा जनशक्तिको पहिलो शर्तमा विकास हुनु पर्ने हुन्छ  । समाचारमा कहि न कतै तुलादान, नगद दान, जग्गा दान, धर्मका नाममा, विद्यालयको नाममा र व्यापारिक राज कायम गर्नका लागि सामाजिक दायित्व पुरा गर्नका लागि भै राखेको पाउन सकिन्छ  । भैरव माध्यमिक विद्यालयको पुस्तकालयमा पुस्तक संकलन गर्नको लागि २०७४ सालमा पुस्तक दान अभियान स्वंय सेवा अभियानको रुपमा संचालित भएकोमा सहयोगी भावना भएका साथीहरुले पुस्तक दानमा लोभ लाग्दो तरिकाले उच्च कोटीको सहयोग र हौसलाका साथ पुस्तकहरु संकलन भएको अवस्था छ  । वर्तमान सुचना र प्रविधिको युगमा ई लाइबे्ररीको महत्व र उपयोगलाई आत्मसात गर्न र विश्वव्यापीकरणको बढ्दो लोकप्रियतामा दक्ष जनशक्ति निर्माणमा लागि पर्ने समय भएतापनि अध्ययनशील बातावरण बनाउन र स्थायी साथी पुस्तकलाई बनाउने संस्कारको विकास गर्न पुस्तकहरुको अभाव भएको महशुस भएकोले पुस्तक दान अभियान २०७४ लाई गाउँ भित्र नभै देश भरि र विदेशमा समेत रहेका भकुण्डेलाई माया गर्ने महानुभावहरुले पुस्तक दान गर्ने साझा मन्च तयार भएको छ  । अभियानलाई २०७४ भनिएतापनि यो अभियानलाई निरन्तर रुपमा आगामी वर्षहरुमा निरन्तर अगाडी बढाउदै दिर्घकालीन र दिगो अभियानका रुपान्तरण गरी अरु समुदायका लागि मार्गदर्शक अभियान बन्न सकोस भन्ने ध्येय रहेको छ 
पुस्तक दान अभियान २०७४ को आवश्यकता 
आवश्यकता नै आविश्कारको जननी हो भन्ने विश्वव्यापी भनाई सर्वविदित नै छ  । समुदायको जातिगत हिसाबले हेर्दा मगर जातिको बाहुल्यता भएको र कुलतमा छिटो फस्ने युवा पिढीको जमात बढी भएकोले कुसंस्कार, कुरीति, कुविचार, कुभावनालाई निरुत्साहित गर्दै सद्विचार, भविष्यको कर्णधार युक्त युवालाई मलजल गर्नको लागि श्रोत र साधनको अभाव हुन नदिनको लागि बढी आवश्यकता भएको हो  । राजनैतिक संस्कार र वैचारिक चिन्तनको चौतारीमा बहस छलफल गर्नका संजाल निर्माण होस भन्ने हेतुले अगाडी बढाइएको हो  । सबैको हितको लागि साझा अभियान विवेक हासिल गर्नको लागि अति उत्तम कार्यमा लाग्नु हुने छ भन्ने सचेत समुदायको सोचमा हातेमालो गर्ने प्रयास समेत हो  । विद्यालयलाई सम्रग समाजले उपयोग गरी सामुदायिक पुस्तककालयको विकास गर्नमा समेत ध्यान पुग्ने छ  । कलम भन्दा तरवार बलियो, बलभन्दा बुद्धि ठुलो भन्ने भनाईलाई सार्थक रुपमा उतार्नको लागि आवश्यक छ  । राजनैतिक नेतृत्वको विकास, प्रशासनिक निकायमा प्रवेश गरि वृत्ति विकास, व्यापारिक क्षेत्रका शिप र कलाको विकास गर्न लागि समेत पूर्वाधारयुक्त वातावरण निर्माणमा टेवा पुगोस् भन्ने अभिप्राय हो 
पुस्तक दानमा सहभागी हुने शैली
दान दिनका लागि व्यक्ति सकारात्मक सोचको विकास र उपयुक्त वातावरणको पर्खाइमा रहेको हुन्छ  । दान दिनेले दिए जस्तो होस आत्मानुभुति र दान लिने पनि लिए जस्तो सन्तुष्टि हुने गरी भएमा मात्र सार्थकता हासिल गर्दछ  । नत्र लोकाचारको र नाटकीय शैलाी पुस्तकदानले दिगो अभियान र सचेतना हासिल गर्न सक्दैन । त्यसैले पुस्तक दानलाई सब भन्दा पहिलो प्राथमिकता आफुले अध्ययन गरी सकेका पुस्तकलाई दराजमा थन्काउनु भन्दा अरु साथीहरुलाई पनि अध्ययन गर्ने संजाललाई दिनुहोस भन्ने हो  । किनभने किताबको साथी त पहिलो पटक तपाई आफू स्वय नै हो  । त्यसपछि बल्ल अझ फराकिलो दायरा बनाउनको लागि अभियानमा सहभागी बन्नुहोस  । नववर्ष, पुस्तक दिवस, पुस्तकालय दिवस, मुक्ति दिवस, हरितालिका तिज, विजय दशमी, शुभदिपावली, विश्व मानव अधिकार दिवस, जन्मदिन, शुभ विवाहको सन्दर्भ, व्रतवन्धको समारोह, श्री सरस्वतीको पुजाको दिन पारेर किताबलाई दान गरि ज्ञानको विकास र विस्तारमा हजुरको अमूल्य सहयोग हुने छ  । हरितालिका तिजमा भकुण्डे माइत भएका चेली बेतीहरुको दर खान आउँदा कोशेलीको रुपमा काम लाग्ने पुस्तक उपहार दिन लिएर सबैले एक वटा मात्र दिए पनि पुग्दछ  । दशै तिहार मनाउन देश विदेशमा रहेका भकुण्डे बासीहरु चाडपर्व मनाउन जन्म स्थान आउँदा एक दुई वटा पुस्तक दान दिए मात्र पनि काफी पुग्दछ  । नेपाल निजामती सेवामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, संस्थान, बैकहरुमा कार्यरतहरुले अग्रेजी नयाँ वर्षको सन्दर्भमा पुस्तक दानमा सहभागी भए पनि दुइ तिन सय पुस्तक वर्षेनी संकलन हुने शैली विकास गर्न जरुरी भएको छ  । साहित्यकार, प्रकाशक,पत्रकार, पर्यटकहरुको सम्र्पकले पनि थप विस्तार गर्न सकिन्छ  । बसाइ सराइ गरेर बागलुङ बजार, पोखरा, चितवन, बुटवल, काठमाडौ गएका आफन्तजनहरुलाई परिचय नविकरण गर्ने माध्यम पनि बन्न सक्दछ  । छलफल र विचार आदान प्रदान गर्दा देश भरी कै नागरिकहरुले आत्मसाथ गर्ने अभियानको रुपमा स्थान पनि पाउन सक्छ  । सरकारी तथा गैरसरकारी कार्यालयहरुबाट प्रकाशन हुने बुलेटिन, वार्षिक कार्यक्रम पुस्तिका, स्मारिका, मुखपत्र, विशेष अंक लगायतका सामाग्रीहरु पनि श्रोत सामाग्री र शिक्षाप्रद अध्ययन सामाग्री बन्न सक्ने भएकोले त्यसलाई संकलन र दान गर्ने माध्यमको रुपमा विकास गर्न सकेमा पनि सहज र सरल तरिकाले पुस्तकदान अभियानलाई शिक्षामुलक शैलीमा रुपान्तरण गर्न सकिन्छ 
भकुण्डेबासीका आफन्त, इष्टमित्र, चिनजानका साथीहरु पक्कै फरक फरक भौगोलिक क्षेत्र, भेग, जिल्ला,अञ्चलका साथीहरु छन् ति साथीहरुलाई वा आफन्तजनहरुलाई हाम्रो भैरव माध्यमिक विद्यालयको पुस्तक दान अभियानको महत्व बुझाउन सकेमा मात्र पनि पुस्तक संकलनको विधि तथा शैली जनस्तरसम्म पुग्ने विषयमा विश्वस्त हुन सकिन्छ  । होमस्टेको पुर्वाधार निर्माणमा जुटेकोले होमस्टेका पाहुनाहरुलाई र मनोरम हिमश्रृङखलाको दृश्य अवलोकन गर्न तथा भ्यु टावर अवलोकन सहित प्रसिद्ध धार्मिक स्थल भैरव स्थानको दर्शन गर्न आउने पर्यटकहरुलाई पुस्तक दानको सन्दर्भमा जानकारी गराउने हो भने अवश्य पनि अधिकांश पाहुनाहरुले पुस्तकलाई दान गर्ने शैलीको विकास गर्न सकिन्छ 
भविष्यमा निरन्तरताको लागि
भविष्यलाई सार्थक बनाउनको लागि बृत्ति विकासमा लाग्नु पर्छ  । भविष्यलाई परिणामुखी बनाउनको लागि निरन्तर अध्ययनशील वातारणको जरुरी पर्छ  । अध्ययन विनाको प्रतिफल सौजन्य प्राप्त गरेको चिज वस्तु झै लाग्दछ  । मैले करिव चार वर्ष अगाडी मेरो फेसबुक पेजमा जन्म दिन, शुभविवाह, नववर्ष, शुभ विजयादशमी, शुभ दिपावलीमा भैरव माध्यमिक विद्यालयलाई पुस्तक प्रदान गरौ भन्ने स्टाटस लेख्दा थोरै मात्र कमेन्ट र लाइकहरु पाएको थिए  । तर आज सोही सोच र स्टाटसको उपजले सार्थक रुप पाई सयौ पुस्तकहरु दान भै संकलन भै रहेको सन्दर्भमा निकट भविष्यमा नै सो सोचले निरन्तरता पाएकोमा गर्व लाग्दछ  । साथै भोलिका दिनमा पनि निरन्तरताको लागि फरक सोच र नविन विचार लिई नयाँ पिढी अग्रसर हुन जरुरी देखिन्छ  । सुचना र प्रविधीको विकासले संसारलाई एउटा हातको मोबाइलमा सिमित गरिदिएको सन्दर्भमा सुचना र प्रविधिलाई ज्ञान र विवेकमा आधारित समाज निर्माण गर्नको लागि पुस्तकहरुले नै सहयोग गर्ने हुन्छ  । एक पटक पुस्तक दान गरे पछि मेरो कर्तव्य पुरा भएको ठान्नु हुदैन कि तिन वा चार वर्षपछि फेरी नविकरण भएको परिवेशमा थप नयाँ पुस्तकहरु दान निरन्तरतामा आधारित हुनुपर्दछ  । यो समाचारका आधारमा अभियानमा सरिक हुन चाहनेका लागि प्रेषक र च्यानलको काम पनि गर्ने जिम्मेवारी समेत तपाई हामीको हुने छ  । आफु भित्रको अपुर्णताहरुको छिद्रता नदेखेको विरुद्धमा सख्त प्रहार हो  । पुस्तकका साथै शिक्षाप्रद डकुमेन्ट्री, गित, फिल्म, रेडियो नाटक लगायतका सामाग्रीहरु पनि संकलन अभियानमा समावेश गर्न सकिन्छ  । महत्वपुर्ण वेवसाइट, सिडी, एपलिकशन समेतको जानकारी दिएर पनि भविष्यमा निरन्तर सहयोगका हात फैलाउन सकिन्छ 
सामाजिक संजालको प्रयोगमा नविनता
हरेक मानिसले टवीटर, फेसबुक, युटुव, अनलाइन आदिको बारेमा ज्ञान हासिल गरेका छन्  । कतै सामाजिक संजालको प्रयोग फलोअप, लाइक, कमेन्ट, शेयर, प्लेयिङ गर्दा गर्दै अमुल्य समयको बर्बाद हुने त होइन भन्ने पनि डर एकातिर छदैछ  । कतै-कतै फेसबुक पेजमा उपचारमा सहयोगका सूचना, बालबालिकालाई पढाउनको लागि सहयोग गरेको समाचारहरु पढन पाइन्छ  । त्यही शैलीलाई परिमार्जन गरि अध्ययन शैलीको विकासलाई दिगो बनाउनको लागि पुस्तक दान अभियानलाई नविन रुपमा प्रयोग गरिएको हो  'माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म'का लेखक जोन उडको आत्म संस्मरणले जक जगाएकोले पनि पुस्तक दान अभियानलाई नविन रुपमा लिइएको हो  । समाचारको श्रोत नै सामाजिक संजाल भएको सन्दर्भमा जुनसुकै महानुभावहरु पनि सामाजिक संजालमा आवद्धता भएकोले सामाजिक उत्तरदायित्व सहित सामाजिक हितका लागि गरिएको प्रयास विश्वव्यापी सुचना र प्रविधिको माध्यमबाट प्रकाशन र प्रशारण भै सन्देशमुलक पक्षलाई आत्मसात गरोस भन्ने पनि हो  । पुस्तक भारीका भारी निरन्तर रुपमा दान भैराखोस भन्ने अभिप्राय हो  । सामाजिक संजालका कारण हुने दुर्घटनाहरुमा नियन्त्रण गर्दै सिकाइ र ज्ञानलाई वितरण गर्ने माध्यम बनोस भन्ने हो  । सामाजिक संजालका कारण ज्यान गुमेको, पारिवारिक सम्बन्ध बिग्रेको र सामाजिक सम्बन्धहरु भत्कदै गएको अवस्थालाई मध्यनजर राख्दै सृजनात्मक र सामाजिक उत्तरदायित्व कार्यमा प्रयोग गरिएको हो 
अभियानका सहयात्री पाइलाहरु
यस बृहत योजनामा साथीहरुको जति पनि आवश्यकता पर्छ  । सबैलाई हरेक पक्षमा सहयात्रीको रुपमा अवलम्बन गर्न सकिन्छ  ।स्वयसेवी कार्यक्रममा सहयात्रीहरुको अभाव सधै भइरहेको हुन्छ  । राजनितिक विचार, सामाजिक तथा सांस्कृतिक विभेद, अर्थतन्त्रको छेकबार र औपचारिक शिक्षाको तहलाई नकारर्दै समविकासमा जोड दिई सहयात्रीहरुलाई समावेश गरी बृहत सञ्जालको निर्माणमा निरन्तर लागि पर्ने सामाजिक अभिन्यताको रुपमा हर्ताकर्ताहरु हातेमालो गर्नमा सहयात्री बन्न सक्नेछन्  । सहयात्राको पाइलाहरुमा व्यक्ति सँग-सँगै संस्थागत रुपमा पनि बन्ने अवसर हुने छ  । त्यसैले थुप्रै पद, जिम्मेवारी र भुमिकामा आवद्ध हुनका लागि समुन्नत समाज निर्माण गर्ने पाइलाहरुमा तपााई पनि होस्तेमा हैसे गर्ने काँधमा काँध र हातमा हात मिलाउनको लागि सदाका दिनमा स्वागत नै छ  । हालका दिनमा विद्यालयका प्रधानाध्यापक किसन सापकोटा, पुस्तकाध्यक्ष खिमबहादुर थापा, याम पुलामी मगर, श्याम कुमार थापा मगर, तिलबहादुर थापा, सुरज थापा, प्रेम थापा र यामबहादुर थापालाई सम्पर्कको रुपमा सामुहिक रुपमा पाइलाहरुलाई अगाडी बढाइएको छ  । आशा छ भोलिका दिनमा थुप्रै पाइला र काँधहरुले हाते मालो गर्ने ओजस्वी ओतप्रोत युक्त पाइलाहरु पाउनेमा विश्वस्त हुन सकिन्छ  । राजनीतिक पार्टीका नेता गणहरु, शिक्षाप्रेमी, अभिभावक, निजामति कर्मचारीहरु, प्रहरी सेना लगायत विभिन्न संघ सस्थाहरुमा कार्यरत साथीहरु तथा सबै प्रेमीहरुलाई सहयात्रामा स्वागतका हातहरु सदैव फैलाउन चाहान्छौ  । पस्तक दान अभियान सक्रिय सहभागी भएर तथा संकलन भएका पुस्तकहरुलाई अध्ययन गर्दै अध्ययनको लागि अभियान संचालन गरेर समुन्नत समाज निमार्णका लागि महत्वपुर्ण योगदान गर्न सक्नुहुन्छ 
पुस्तक दान अभियानका चुनौति
संभावना र चुनौती सँग-सगै अवसर पनि आउछ र सफलताको शिखरमा पुरयाँउछ  । हाम्रो अभियानले समाजको कुलतमा ग्रस्त युवाहरुलाई पुस्तकालय प्रेमी बनाई स्थायी साथीको रुपमा पुस्तकलाई अवलम्बन गरी व्यक्ति विकास गर्नमा हिम्मत गरुन भन्ने नै हो  । पुस्तक संकलन सँग सँगै व्यवस्थापनको पाटोलाई सहजकीरण गर्न नसक्दा फेरी तहसनहस पनि हुन सक्दछ  । एउटै पुस्तक धेरै सख्यामा संकलन हुने तर युवा विद्यार्थीहरुले पढ्न चाहेको पुस्तकहरु संकलन नहुने पनि हुन सक्छ  । पुस्तकहरु धेरै मात्रामा संकलन हुने तर पढ्ने पाठकहरुको अभाव भै लथालिंग र भताभुंग पनि हुन सक्छ  । धौलागिरी अञ्चलको पुरानो पुस्तकालय विद्या मन्दिर पुस्तकालय २००३ बागलुङमा पढ्ने पाठकहरुको आउने संख्यामा कमी भएकोलेदैनिक नियमित रुपमा पुस्तकालय आउने पाठकलाई सम्मान गर्ने कार्यक्रम ल्याएको थियो  । तर म सो पुस्तकालयमा नियमित लोक सेवा आयोगको खरिदार, नायव सुब्बाको किताव लगी अध्ययन गर्न जान्थे  । नियमित रुपमा गोरखापत्र, कान्तिपुर, नागरिक, अन्तराष्ट्रिय मन्चको ग्राहक बनी पढ््ने हैसियतमा म थिइन  । तर विद्यामन्दिर पुस्तकालयको २०६८ सालको सर्वोकृष्ट पाठकको रुपमा सम्मान पत्र प्राप्त गर्ने अवसर पाएको थिए  । त्यस्तै गरी पुस्तकहरुको अध्ययनशील बातावरणलाई सस्थागत गर्नको लागि नियमित पुस्तकालय आउने पाठकलाई सम्मान कार्यक्रमहरु राखेर पनि पाठकलाई नियमित गराउन सकिन्छ 
mेरी सुचना र प्रविधिको वर्तमान युगमा प्रिन्ट संस्करण बन्द नै गरेका प्रकाशनहरु पनि विदेशमा हुन थालिसकेको अवस्था छ  । विद्यालयको आडमा नै नेपाल टेलिकमको टावर रहेकोले टावरको सही व्यवस्थापन गरी ल्यान्ड लाइन टेलिफोन विस्तार गरी बाइफाइ युक्त विद्यालय बनाई ई लाइब्रेरी बनाउनको लागि समेत अग्रसर हुनु पर्ने अवस्था आएको छ  । पुस्तकदान अभियानले सोतर्फ पनि ध्यान केन्द्रित गर्न ढिला भै सकेको छ 
बर्तमान समयमा युवा बेरोजारी बढदो भएकोले पुस्तक दान अभियान २०७४ को मुल ध्येय स्वरोजगारी बन्न अभिप्रेरित गर्नेतर्फ केन्द्रित हुनु परेको अवस्था छ  । लोक सेवा आयोग, शिक्षक सेवा आयोग, प्रहरी सेवा आयोग, नेपाली सेना जंगी अड्डा, संस्थानहरुको प्रतियोगितामा सफल गराउने खालका पुस्तकहरुको दानले बहुत अर्थ राख्दछ  । भोलिका दिनमा पुस्तकालय प्रयोग गरेका रोजगारी प्राप्त व्यक्तिले निरन्तर रुपमा पुस्तकदान अभियन्ताको रुपमा कर्म गरिरहोस् भन्ने चाहना र संभावनालाई दृष्टिगत गरि अगाडि बढाइएको अभियान हो 
हिजो भकुण्डेको नवज्योति पुस्तकालयको स्थापनाले थुप्रै पुस्तकहरुको अध्ययन गर्ने अवसरहरुको प्राप्त भएको थियो  । सही व्यवस्थापन हुन नसक्दा पुस्तकहरु हराउदै गए  । पक्कै भैरव माध्यमिक विद्यालयको पुस्तक दान अभियान २०७४ ले पनि हिजोको नवज्योति पुस्तकालयको स्थान लिदै थप प्रविधि युक्त पुस्तकालय निर्माणमा सफलता हासिल गर्ने छ 
पुस्तक दान अभियानको शिलान्यास र आलेखको अन्तमा 
दानवीर र मनकारीहरुको खाँचो सदैव रहन्छ  । पुस्तक दान अभियानको उद्घाटन तथा शिलान्यास तपाई आफुबाट गर्नुृहोस  । पुस्तक उपहार दिने, पुस्तक अध्ययन गर्ने वाचनालयको विकास गर्ने र कुलतका विरुद्धमा मौन तरिकाले सत्याग्रह आन्दोलनको सुरुवात पनि हो  । पुस्तक कति वटा दान गर्ने होइन कि मैले असल संस्कार र सकारात्मक कर्मका लागि अमुल्य योगदान र महान कार्यमा सरिक भएकोले अरुलाई पनि तपाईले गरे जस्तै असल कर्ममा डोरयाउने कार्यशैली अवलम्वन गर्ने पक्षपातीहरुको जमात निर्माण गर्नुहोस  । समयले सबैलाई प्रगती र उन्नती गर्नमा साथ दिन्छ तर अरुको प्रगतीमा डाह गर्न सिकाउदैन  । मान्छेले त्यही डाह र ईष्यामा रमाउन खोज्दा कुवाको भ्यागुता सरहको पाउन सकिन्छ  । हामी कुवाको भ्यागुताहरुलाई कुवाबाट निकाल्न चाहान्छौ र प्रगतीको पथमा आफै हिड्नुस भनेर पुस्तकहरुको संसारमा छोडिदिन चाहान्छौ 
सबै शिक्षाप्रेमीलाई हातेमालो गर्न आब्हान गर्दछौ  । पुस्तकका भारीहरु बोकेर भकुण्डेको उकालो चढ्ने रहर सँगसँगै प्रगती र उन्नतीको सगरमाथा चढ्ने हिम्मतवालाहरुको दक्ष जनशक्ति निर्माण गर्नमा अभियान जारी राख्दै अध्ययनशील वातावरणका लागि सदा लागि रहनको लागि अभिप्रेरित रहने सामुहिक वाचा गरौ 
(
बानपा -१० भकूण्डे निवासी थापा हाल तमानखोला गाउँपालिका बोङ्गादोभानमा कार्यरत छन् ।)

Date: 8/31/2017 5:54:59 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

मुला बारी
ऐतिहासिक, धार्मिक, पर्यटनको दृष्टिकोणले हेर्दा मुला बारि अत्यन्तै मनमोहक स्थान हो । जहाँ अझै सम्म ऐतिहासिक भु्रे राजाका भग्नावसेस देख्न सकिन्छ । ढिकी, ओखल, बाग्लुङ जिल्ला, बलेवा क्षेत्रको मुलाबार more..

आयोग
लोक सेवा आयोग http://www.psc.gov.np शिक्षक शेवा आयोग http://tsc.gov.np नेपाल सरकारको आधिकारिक पोर्टल http://www.nepal.gov.np परराष्ट्र मन्त्रालय  https://www.mofa.gov.np more..