समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

घैटोमा रित्तियो पानी

IMG_8397 (1)

बागलुङ, २६ माघ-  खानेपानीले हैरानी खेपेका भकुण्डेबासीले दश बर्षअघि बनाएका आकासे पानी संकलन गर्ने घैटा समेत रित्तिन थालेका छन् । हिउँदमा पानी नपरेपछि बर्षातको पानी सकिएर टाढा पुगेर पानी खेप्न बाध्य भएको भकुण्डेका ६५ बर्षिय हरिलाल थापाले बताए । उनले दैनिक डेढघण्टा परको मुलबाट पानी खेप्न बाध्य भएको गुनासो गरे । भकुण्डेको हिराताल आसपासको क्षेत्रका बासिन्दालाई खानेपानीको सबैभन्दा धेरै समस्या छ । गाई भैसी पाल्नका लागि समेत पानी अभाव भएको उनले गुनासो गरे । घर-घरमै पानी ल्याएर खाएकाहरुले आकासे पानीको घैटो पनि सुकेपछि निरास भएका हुन् । खाने, सरसफाई लगायतको काममा पानी अभाव भएपछि पर्यटन प्रवद्र्धनका लागि शुरु गरेको होमस्टे अभियान समेत अप्ठ्यारोमा परेको छ ।
'पाहुना आएभने राख्ने कोठा बनाएका छौं, तर पर्याप्त पानी दिन सकेका छैनौं' थापाले भने, 'सरसफाई नभएपछि पाहुना बस्नेगरी आउन छाडेका छन् ।' यो समस्या भकुण्डेको हिराताल, भेडीखाल्टा, माझघर र अर्बाउँदीका १ सय ६५ घरमा छ । होमस्टे दुई दर्जन घरमा छभने खानेपानीको समस्या धेरैले भोगेका हुन् । २०६४ सालमा नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को सहयोगमा आकासे पानी संकलन गर्ने घैटा निर्माण भएको थियो । बर्षातको संकलित पानी सकिएपछि अहिले समस्या परेको उनीहरुले बताए ।
'असोजदेखि अहिलेसम्म आकासे पानी परेको छैन' भकुण्डेकै मनकली थापाले भनिन्, 'हिउँदमा पानी नपरेपछि घैटोको कामै भएन ।' एउटा घैटो निर्माण गर्दा खर्च भएको झण्डै ४० हजार रुपैयाँमा स्थानीयको ५० प्रतिशत खर्च भएको थियो । पानी अभावले बारीमा खेती समेत राम्रो नभएको उनीहरुले गुनासो गरे । हिउँदमा बारीमा सागपात लगाउन नपाएपछि दैनिक बजारबाट तरकारी खरिद गरेर लैजान बाध्य भएको बताए । 'खानेपानी समेत नभएपछि सिंचाई कसरी गर्नु' थापाले भनिन्, 'खानका लागि पनि दैनिक डेढघण्टा लगाएर एक गाग्री ल्याउन सकिन्छ ।' हाल उनीहरुले रायडाँडा जाने बाटोतर्फको सौर्यबाट पानी ल्याएर खाएका छन् । भिरालो स्थानमा रहेको खोलाखर्कमा मुहान भएकाले विद्युतमार्फत माथी तान्ने प्रविधिले मात्र भकुण्डेमा पानी खुवाउन सकिने वडा अध्यक्ष प्रेमबहादुर थापाले बताए । त्यसका लागि सानो बजेटले नपुग्ने भएपछि नगरपालिका र खानेपानी डिभिजनमा जानकारी गराएको उनले बताए । केही बर्षदेखि आकासे पानी नपर्दा यहाँको प्रसिद्ध हिराताल पनि सुकेको छ । भकुण्डेमा रहेको यो ताल पाँच बर्षदेखि सुख्खा भएको थापाले बताए ।
'बर्षातमा आकासे पानी संकलन गरिन्थ्यो, हिउँदसम्म पनि हिरातालमा पानी रहन्थो' थापाले भने, 'पशुपालन गरेका किसानलाई आहाल बसाउने, पानी खुवाउने काममा टाढा जानु पर्थेन, अहिले समस्या भएपछि पशुपालन हराउन थालेको छ ।' पानी प्रसस्त भएकोले कात्तिकको एकादशीमा फुल तार्ने मेला समेत लाग्थ्यो । पानी सुकेपछि हिरातालको अस्तित्व नै समाप्त भएको उनले बताए । आसपासका साना मुल पनि पुरै सुकेपछि चरन क्षेत्रमा पनि धुलो उड्न थालेको छ । एकादुईले बारीमा खनेर प्लाष्टिकका पोखरी पनि बनाएका छन् ।
ती पोखरीमा पनि पानी संकलन भएको छैन । हिउँदे पानी नपरेपछि सबै पोखरी पनि रित्तै भएका हुन् । जलवायु परिवर्तनले २ हजार ३ सय मीटर उचाईको भकुण्डेमा गर्मी हुन थालेको छ । लेकाली बनस्पतिहरु लोप भएर बेसीमा पाईने बिरुवा उमे्रको हिराताल सामुदायिक वनका सदस्य लालबहादुर थापाले बताए । 'सडक निर्माणको क्रममा जंगल, चौतारा र पोखरी आसपासमा डोजरको प्रयोगले पनि यस्तो समस्या आएको छ' उनले भने, 'मुहान संरक्षणको काम थाल्न नसक्दा हामीले दुःख पाउन थाल्यौं ।' मंसिर, पुस र माघका धेरै दिनसम्म बादल लागेपनि पानी नपरेको स्थानीयले गुनासो गरे । पानी खेप्ने समस्याकै कारण बसाई सरेर सदरमुकाम झर्ने क्रम पनि बढेको छ । गाउँमा उत्पादन नभएपछि बालबालिका पढाउने निहुँमा धेरैले बजारमा डेरा खोजेर बस्नेको संख्या बढेका हुन् ।

janamanch.com 

Date: 2/11/2018 11:46:52 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

बा.न.पा १० भकुण्डेको कृषि अवस्था
नेपालको विकासको मेरुदण्डको रुपमा कृषि पेशा र कृषि आयले लिएको हुनाले अघिकांश नेपालीहरुको कृषि पेशा नै प्रमुख पेशा भएको र झण्डै ६६ प्रतिशत जनता कृषिमा नै आस्रित रहेको कृषि तथ्यांकमा अधावधिक रहेको छ more..

गीत
गीत