समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

श्री बराह पुजा तथा पर्यटकीय मेलाको तयारी पुरा

श्री बराह पुजा तथा पर्यटकीय मेलाको तयारी पुरा

नेपाल सरकारले चयन गरेको सय नया गन्तव्यमा पर्न सफल बा.न.पा १० भकुण्डे दहमा स्थित यस श्री बराह मन्दिर र तालको एतिहासिक, धार्मिक एवं पर्यटकीय महत्वलार्इ दृष्टिगत गरी यसको संरक्षण, विकास र विस्तारका निम्ति पर्यटनको प्रबर्ध्दन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले यस श्री बराह मन्दिर र ताल व्यवस्थापन तथा संरण समिति व्दारा यस वर्ष कार्तिक (बैकुण्ठ) पूर्णिमाको पावन अवसरमा मंसिर ५, ६ र ७ गते ३ दिन सम्म शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित श्री बराह पुजा तथा पर्यटकीय मेला आयोजना गरेको छ ।

बराह ताल तथा मन्दिरको प्रचारप्रसार गर्नको लागि हरेक वर्ष कार्तिक पूर्णिमामा आयोजना हुँदै आएको मेला भोली मंसिर ५ गतेदेखि ७ गतेसम्म बराह तालको पूजा तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गर्न लागिएको मेलाको आयोजना गरिएको श्री बराह मन्दिर र ताल व्यवस्थापन तथा संरक्षण समितिले मंगलबार बागलुङ बजारमा पत्रकार सम्मेलन जनाएको छ ।

तालको व्यवस्थापनको लागि र तालको विचमा मन्दिर निर्माण लगायत वरीपरी अन्य पूर्वाधार निर्माणको लागि मेलाको आयोजना गर्दै आइरहेको समितिका सल्लाहकार नरबहादुर थापाले जानकारी दिनुभयो । थापाले राणकालको अन्त्य तिर उक्त स्थानमा ठूलै मेला लाग्ने गरेको र विभिन्न स्थानबाट व्यापार गर्न व्यवसायहरु पनि जानेगरेको भन्ने जानकारी भएपनि विचको केही समयमा पुजा तथा मेला नभएकाले पछिल्लो समयमा पुरानो चलनलाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो ।
मेलामा कालिका मन्दिर गेटदेखि बराह तालसम्म म्याथुन दौड प्रतियोगिता, काव्यिक गोष्ठी, खुल्ला एक नृत्य प्रतियोगिता, नगर स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता, स्लो बाइक रेस, नौमति बाजा तथा भजन कृतन, कलश यात्रा, बराह भगवानको पुजा आरधाना तथा तोरण तार्ने कार्यक्रम लगायत सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
उक्त मेलामा सम्पन्न गर्नको लागि ५ लाख २० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको सल्लाहकार थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

FB_IMG_1538680974645

Baraha -Tal1

Date: 11/20/2018 8:00:07 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

गीत
गीत

गृह पृष्‍ठ
इतिहास नेपालको  पश्चिमाञ्चल विकास क्षेत्र  धवलागिरी अञ्चलको  बागलुङ जिल्लामा अवस्थित एक बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब more..