समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

पर्यटकको पर्खाइमा होमस्टे गाउँ भकुण्डे

पर्यटक लोभ्याउन यहाँको एक गाउँमा स्थानीयको पहलमा होमस्टे सञ्चालन गरेको वर्षदिन बित्दा पनि पर्यटकीय गतिविधिमा कुनै प्रगति हुन सकेको छैन । 
    सदरमुकामदेखि १४ किलोमिटरको दुरीमा रहको भकुन्डे गाविसमा सञ्चालित होमस्टे पर्यटन योजना सोचेजस्तो सफल हुन नसकेको सञ्चालकहरूले बताएका छन् । 
    गाविसको वडा नं २ देखि ४ सम्मका १० भन्दा बढी घरमा होमस्टे सञ्चालन गरिएको छ । सदरमुकादेखि नजिकै रहको भएपनि यातायातको सहज सुविधा नहुँदा पर्यटक आवातजावत गर्न असुविधा भएको स्थानीयहरू बताउँछन् । अग्लो पहाडी भूगोलमा अवस्थित उक्त पर्यटकीय गाउँ जिल्लामै पर्यटन विकासको राम्रो सम्भावना भएको गाउँ हो । 

    'डेढ वर्षअघिदेखि हामीले होमस्टे सेवा सञ्चालन गरेका छौँ' भकुण्डे- ३, कि स्थानीय निर्मला थापाले भन्नुभयो 'तर सोचेजस्तो पाहुना आउनुभएको छैन, प्रचारप्रसार पनि अलि नपुगेको जस्तो देखिन्छ ।' मगर जातिको बसोबास रहेको उक्त गाउँमा जनजातिको संस्कृतिसँग रम्दै त्यहाँको बसाइँ रमाइलो बनाउने अवसर पर्यटकले प्राप्त गर्दछन् । 
    हामीले हाम्रो समुदायमा रहेका घरेलु उत्पादन र परिकारहरूको पारिवारिक वातावरणमा उपलब्ध गराउँछौँ थापाले भन्नुभयो 'सुखद् र सुविधायुक्त बसाइँको लागि घरमा भौतिक स्रोतसाधन पनि थपिरहेका छौँ ।' होमस्टे सञ्चालन भएका घरमा अहिले धमाधम कोठा थप्नेदेखि सुविधायुक्त शौचालय निर्माण, स्वस्थ खानेपानी र भोजनको सुविधाका लागि आवश्यक व्यवस्था भइरहेको सोही स्थानकी चण्डी थापाले बताउनुभयो । 
    'पारिवारिक वातावरणमा रमाइरमाइ बस्ने, यहीको उत्पादन प्रयोग गर्ने व्यवस्था गरेका छौँ' थापाले भन्नुभयो 'घुम्न आउने पर्यटकका लागि मकैको रोटी, कोदोको ढिँडो, आलु, मकैभट्ट, स्थानीय कुखुराको मासुजस्ता परिकार टकार्ने गरेका छौँ ।' होमस्टे सुरु भएको डेढ वर्षको अवधिमा एकाध घुम्न आएका टोली र व्यक्तिहरूको सत्कार गर्ने अवसर पाएपनि नियमित पर्यटक आवातजावत हुन नसकेको सञ्चालकको दुखेसो छ । 
    होमस्टे सञ्चालन कार्यविधि ऐनअन्तर्गत दर्ता गरेरमात्र होमस्टे सञ्चालन गर्नुपर्ने प्रावधान भएपछि महिलाहरू समूह बनाएर दर्ता गर्ने तयारीमा लागेका छन् । 
अहिलेसम्म दर्ता नगरी स्थानीय पहलमै होमस्टे चलाएका महिलाहरूको समूह मिलेर दर्ता गर्ने योजना रहेको नैनीकला थापाले बताउनुभयो । स्थानीय मगरजातिका महिलाहरूले पर्यटक आउँदा होमस्टेमै मगर संस्कृति झल्कने भजन, सोरठीलगायतका सांस्कृतिक झाँकीहरू प्रदर्शन गर्ने गरेका छन् । 'हामी पर्यटकको पर्खाइमा छौँ, पर्यटकलाई रमाइरमाइ बस्न र पूर्णतया पारिवारिक वातावरणमा सेवासुविधा दिन हामी तयार छौँ' थापाले भन्नुभयो । 
भकुन्डेसम्म आउने पर्यटन मार्गको सही व्यवस्थापन र यातायातको सहज विकास भइदिए होमस्टे पर्यटन फस्टाउने थापाको आशा छ । भकुन्डेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण ठानिएको होमस्टे पर्यटनको विकासमा अन्य संस्थाहरूले पनि जोड दिएका छन् । उद्योग वाणिज्य सङ्घ बागलुङ्ले होमस्टेका सञ्चालक महिलाहरूका लागि क्षमता बढाउने तालिम प्रदान गर्दै आएको छ । 
'भकुन्डे जिल्लाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र हो, यसको प्रवद्र्धन गर्नु जरुरी देखिएको छ' उद्योग वाणिज्य सङ्घका अध्यक्ष बसन्तकुमार श्रेष्ठले बताउनुभयो । स्रोतसाधनको उपलब्धता र पूर्वाधार विकासको कामलाई अघि बढाउनु आवश्यक छ ।
 भकुन्डेबाट एकसाथ दुई दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ । मगर समुदायको उत्कृष्ट संस्कृति र पहिचान हेर्न र अनुभूति गर्न भकुन्डे राम्रो गन्तव्य मानिन्छ । पर्यटन विकासको लक्ष्य राखी भकुन्डेको धुरीमा भ्यू टावर निर्माणको काम पनि अघिबढेको छ । मुलाबारी, दह, सौर्यको धुरीलगायतका स्थानहरू भकुन्डेको आर्कषक पर्यटकीय स्थलहरू हुन् । रासस

 

Date: 11/5/2015 6:22:50 अपराह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

लेख
लेख

नेपाल अदिवासी जनजाति महासंघ गाउं समन्वय परिषद भकुन्डे, बागलुङ
नेपाल अदिवासी जनजाति महासंघ गाउं समन्वय परिषद भकुन्डे, बागलुङ क्र.स. पद नाम ठेगना सम्पर्क न. १ अध्यक्ष दिपक थापा मगर भकुन्डे १   more..