समाचार

Contact Info

Bhakunde vdc
Bhakunde, Baglung
Email: info@bhakunde.com.np

Phone: (068)

Bhakunde

भकुन्डेसम्म केवलकार बन्ने

an image

२२ बैशाख, भकुन्डे

गाँउले अगुवाइमा यहँको भकुण्डे गाउँ पर्यटकीय रूपमा आकर्षणको केन्द्र बन्दै गएको छ । तालमा डुंगा सयर गर्दै दुर्इ दर्जन हिमालको दृश्यावलोकन गर्ने र होमस्टेमा रमाउनका लागि भकुण्डे आकर्षक गन्तव्य बनेको छ । आकर्षक कार्यक्रमसहित गाउँ पर्यटनको नमुना बन्दै गएपछि भकुण्डेमा आन्तरिक पर्यटकहरू पुग्ने क्रम बढ्न थालेको छ । मगर समुदायको बाहुल्यता रहेको भकुन्डेमा होमस्टेको रूपमा पर्यटकलार्इ बस्ने व्यवस्था, सरसफाइ र स्वागतका लागि सांस्कृतिक क्रियाकलाप समेत गरिएकपछि आकर्षणको गन्तव्य बन्न थालेको हो । पर्यटनका लागि सरसफाइलार्इ पहिलो प्राथामिकतामा राखेपछि विदेशि पर्यटक पनि आकर्षित बन्दै गएको छ ।

सदरमुकाम देखि दुर्इ घन्टामा पुग्न सकिने भएकाले केवलकार निमार्णका लागि सर्भेक्षणको काम जेठ ७ गते हुने भएको छ । केवरकार निर्माण भएमा भकुन्डे नजिकै रहेको प्रसिद्ध भैरवस्थानमा जाने धार्मिक पर्यटकहरूसमेत थपिने आशा गरिएको छ । हरेक साता शनिवार र मंगलवार सयौ धर्मावलम्बि पुग्ने उक्त स्थानमा केवलकार पुर्याउन सकेमा साताका सवै वार पुजाआजाहुनका साथै धर्मावलम्बी अझै वढ्ने विश्वाससमेत लिइएको छ । गाउँमा पर्यटक भित्रयाउनका लागि स्थानीयले घरघरमा होमस्टेको सुविधा सुरू गरेका छन । त्यस्तै प्रत्येक घरमा पाहुना वस्न खोज्ने पर्यटकलार्इ पनि सेवा दिने अभियान संचालन गरेका छन । भकुन्डेबाट धवलागिरी, माछापुच्छ्रे अन्नपुर्ण, निलगिरि, मनास्लु लगायतका हिमशृंखला देख्न सकिन्छ । पाहुनाको स्वागतका लागि समेत स्थानीयले विभिन्न सांस्कृतिक कार्यक्रमहरूको व्यवस्था गर्छन ।

प्लास्टिकरहित घोषणा गरिएको भकुन्डेमा पर्यटन प्रवर्द्धन समिति गठन गरेर जिल्ला र क्षेत्रीय तहमा पनि समन्वयको कार्यक्रम अगाडि बढाएको छ । भकुन्डे ७ मा रहेको वराह तालमा डुंगा सयर गर्न सकिने र त्यसको उचित व्यवस्थापन गर्दै जानेमा जोड दिएका छन । दुर्इ हजार पाँच सय मिटरको उचाइमा रहेको भकुन्डेमा पर्यटन प्रवर्द्धन गर्न जिविस र गाविसले भ्यूटावर निर्माणको काम थालेका छन । निर्माणाधीन टावर संचालनमा आएपछि विदेशी पर्यटक पनि भित्रयाउन सकिने आशा लिइएको छ । उक्त टावरबाट हिमालको दृश्यसँगै बालुझङ, पर्वत र म्याग्दी सदरमुकाम पनि देख्न सकिन्छ । आएका सवै पाहुनाहरूलार्इ आराम साथ वस्ने व्यवस्था मिलाएइएको छ ।

Date: 5/5/2013 9:32:05 पूर्वाह्न :writer: Yam Thapa

Powered by Disqus

Contact Us

क्र.सं. संस्था/पद नाम सम्पर्क नं. कैफियत १ प्रेम बहादुर थापा वडा अध्यक्ष 9857666610   २ सोम बहादुर थापा वडा सदस्य 9857622668   ३ लक्ष्मण शर्मा वडा सदस्य 9847623113 &nb more..

#VISIT_NEPAL_2020: पर्यटकीय क्षेत्र भकुण्डेको संक्षिप्त परिचय ? (फोटो फिचर)

बागलुङ, १३ कार्तिक । बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो 'भकुण्डे' । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ । बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसं more..

भकुण्डे जाने सडक कहिले सुधारिएला ?

भकुण्डे जाने सडक कहिले सुधारिएला ?   बागलुङ, २६ भदौ । बागलुङ नगरपालिका वडा नम्वर १० भकुण्डेका स्थानियले बागलुङ बजार देखि भकुण्डे सडक स्तरवृद्धि गर्न जनप्रतिनिधिसँग माग गरेका छन् । नेकपा बागलुङ नगरकमिटीले आयोजना गरेको जनता सँग जनप्रतिनिधि कार्यक्रममा बोल्दै स्थानियहरुले जनप more..

Slide Show

बराह ताल मुला बारी तान हिरा ताल देउराली थान कुथुकर्म गोधुली साझ बराह ताल भैरव उच्च मा.वि चौउतारे डाँडा मा.वि शिवालय नि.मा.वि माछापुच्छ्रे प्रा.वि बराह प्रा.वि. डाँडखर्क गलुवा प्रा.वि. जनता प्रा.वि. सरस्वति प्रा.वि. Landscape Landscape Baraha Tal (Lake) Landscape Shiva Temple Landscape Landscape Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011  Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Bhakunde Mahotsav 2011 Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Landscape Events Bhairav Higher Secondary School... Chautare Danda High School... Shivlaya Lower Secondary School... Machhapuchchhre Primary School... Dhandkhark Primary School... Baraha Primary School... Janata Primary School... Saraswati Primary School... Capital Shiksha Sadan... View Tower Manakamana Temple

Highlights

हाम्रो टिम
Yam Bahadur Thapa Magar Prem Sinjali Dipak Thapa Magar Ammar Thapa Magar Juna Thapa Magar Suraj Thapa Magar Tek Bahadur Thapa Magar more..

परिचय
इतिहास नेपालको  पश्चिमाञ्चल विकास क्षेत्र  धवलागिरी अञ्चलको  बागलुङ जिल्लामा अवस्थित एक बागलुङ नगरपालिका वाड नं. १० भकुन्डे हो। सदरमुकाम बाग्लुङ बजारबाट करिब more..